logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा

    आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा

    897
    SHARES
    आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा

    काठमाण्डौ । आइएमई पेले ‘पे विथ लिंक बैंक’ सुविधा थप गरेको छ।यो सुविधाअन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताले आफ्नो बैंक लिंक गरी आइएमई पेमार्फत सजिलै विभिन्न भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन्।



    यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत रु. १०० र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्ड पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।

     

    टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवं क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रु. २५० देखि रु. ७०० सम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुनेछ। थपिएको यस सेवाले बैंक प्रयोगकर्तालाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तानी गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सीधै पे विथ लिंक बैंक छनोट गरी भुक्तान गर्न सकिन्छ।


    अर्थ चाैतारी
  • आइतबार, १४ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट