logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

    ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

    689
    SHARES
    ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

    काठमाण्डौ । विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरुबीच सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ।



     

    ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माद्वारा सञ्चालित कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता थियो। गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्बिक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरुलाई प्रोत्साहन र लगानीका अवसरहरुको दायरा फराकिलो पारेको छ।

     

    ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी ४ वटा प्याकेज छन्। प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै– त्रैमासिक र वार्षिक वृद्धि लाभ र ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको छ। नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फन्ड, ह्वावे क्लाउड प्रयोग गरेबापत नगद कुपन र साझेदारका कर्मचारीलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रमसहित ५ थप फाइदा पनि प्रदान गर्नेछ।

     

    यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरुको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरु उपलब्ध गराएर प्रोत्साहन गर्नु हो। कार्यक्रमको मुख्य फाइदाहरुमध्ये एक क्षमता विकास र प्रमाणीकरण हो। जसले साझेदारहरुलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु र प्रमाणपत्रहरुमार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ।

     

    ह्वावेको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो। यस प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रिआर्किटेक्ट÷क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापनजस्ता सेवामार्फत व्यावसायिक क्लाउड सेवाहरु निर्माण गर्न सेवा साझेदारहरुलाई सहयोग गर्दछ।

     

    यी कार्यक्रमको प्रमुख उद्देश्य साझेदारहरुको व्यावसायिक क्षमताको पहिचान र विकास गर्ने, ह्वावेको क्लाउडमा आधारित प्रयोगहरुको विकास गर्ने, सफ्टवेयर समाधानहरुलाई सुदृढीकरण गर्ने, अवस्थित डाटाहरुलाई ह्वावे क्लाउडमा स्थानान्तरण गर्ने र ह्वावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु हो।

     

    समग्रमा ह्वावे क्लाउड साझेदार कार्यक्रम ह्वावेको साझेदारहरुका लागि आफ्नो व्यवसाय विस्तार गर्न र आफ्नो सीप सुधार गर्ने उत्कृष्ट अवसर हुनेछ। यस्तै विभिन्न योजनामार्फत ह्वावेले साझेदारहरुसँगको सम्बन्ध सुदृढ बनाउन र प्रविधिको पहुँच देशव्यापी रुपमा विस्तार गर्न ह्वावेको प्रतिबद्धता रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट