logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नेपालमा स्यानिटरी प्याड र डाइपर उद्योगमा ६००० जनालाई प्रत्यक्ष रोजगारी, दैनिक ६७ लाख २० हजार थान उत्पादन

    नेपालमा स्यानिटरी प्याड र डाइपर उद्योगमा ६००० जनालाई प्रत्यक्ष रोजगारी, दैनिक ६७ लाख २० हजार थान उत्पादन

    728
    SHARES
    नेपालमा स्यानिटरी प्याड र डाइपर उद्योगमा ६००० जनालाई प्रत्यक्ष रोजगारी, दैनिक ६७ लाख २० हजार थान उत्पादन

    काठमाण्डौ । नेपालमा स्यानिटरी प्याड र डाइपर उद्योगमा ६००० जनालाई प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा साना र ठूला गरी ३० वटा स्यानिटरी प्याड तथा डाइपर उद्योग सञ्चालनमा छन् । जसमा २५ वटा जति साना र ५ वटा ठूला उद्योग छन् ।



    ठूला लगानीकर्ताले मात्रै यस उद्योगमा ६०० करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्। रोजगारीका हिसाबले स्वदेशमा सञ्चालित यी उद्योगले ६००० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । वार्षिक १५ करोड रुपैयाँ बराबरको विद्युत् खपत गरिरहेका छन् । स्वदेशमा सञ्चालित उद्योगको दैनिक उत्पादन क्षमता ६७ लाख २० हजार थान छ । यसको दैनिक माग १५ लाख थान छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाखमा ५१% महिला (१ करोड ४८ लाख) छन्। कुल महिलामध्ये महिनावारी हुने उमेर समूह १४–५४ वर्षका महिलाको संख्या ९४ लाख छ । १४–५४ वर्ष उमेर समूहबाट दैनिक २ लाख ९० हजार महिला महिनावारी हुन्छन् । उक्त संख्याको लागि दैनिक १५ लाख थान स्यानिटरी प्याड आवश्यक पर्छ ।

    अहिले राजस्वमा यस उद्योगको योगदान वार्षिक ५० करोड रुपैयाँ बराबर छ । पूर्ण क्षमतामा सञ्चालन भए आगामी पाँच वर्षमा यो उद्योगले आयकर र मूल्य अभिवृद्धिकरको रुपमा राजस्वमा १५० करोड रुपैयाँ बराबर योगदान गर्न सक्ने अध्ययनले देखाएको छ ।

    आयात प्रतिस्थापन, विद्युत् खपत, रोजगारी र राजस्वमा स्यानिटरी प्याड तथा डाइपर उद्योगको योगदान उल्लेखनीय रहे पनि नीतिगत प्रबन्धहरु उद्योगमैत्री छैनन् । तिनलाई निम्नानुसार प्रस्ट पार्न चाहन्छौंः

    १. स्यानिटरी प्याडको कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल र अन्तःशुल्क गरी औसत ८.१७ प्रतिशत कर लाग्छ । तयारी वस्तु १.५ प्रतिशत मात्र भन्सार तिरेर आयात गर्न पाइन्छ । तयारी स्यानिटरी प्याडमा १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था भए पनि चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनमार्फत उक्त १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएकोले १.५ प्रतिशत मात्र तिरेर आयात गर्न पाइने स्थिति बनेको हो । फलस्वरुप स्वदेशी उत्पादनको तुलनामा आयातित वस्तु सस्तो हुन गई स्वदशी उत्पादन बिक्री नहुने स्थिति छ ।

    २. भन्सार महसुलमा दिइएको छुटकै कारण स्यानिटरी प्याड आयात बढेर चालू आर्थिक वर्षमा २०० करोड रुपैयाँ पुग्ने देखिएको छ । भन्सार महसुल यथावत रहे आर्थिक वर्ष २०८४÷८५ मा यसको आयात बढेर ७५० करोड पुग्ने अध्ययनले देखाएको छ ।

    ३. स्यानिटरी प्याड आयात गर्दा गुणस्तर जाँच नहुने, प्याकेटमा उत्पादकको नाम उल्लेख नहुने र अधिकतम खुद्रा मूल्य समेत उल्लेख नहुने हुँदा गुणस्तरहीन प्याड आयात भई जनस्वास्थ्यमाप्रतिकूल असर पर्ने र आम उपभोक्ता ठगिने जोखिम समेत छ ।

    ४. विदेशबाट स्यानिटरी प्याड र डाइपर आयात गर्दा न्यून बिजकीकरण भई सरकारले पाउनुपर्ने राजस्व छलिने जोखिम उच्च हुन्छ । यो सन्दर्भमा स्वदेशी स्यानिटरी प्याड तथा डाइपर उद्योगलाई जोगाएर अर्थतन्त्रमा यसको योगदान बढाउन,

    निर्यात सम्भावनाको लाभ लिन तथा स्वदेशी उद्योगीको मनोबल उकास्न यो संघ देहायअनुसार नीतिगत प्रबन्धको माग गर्दछः

    क) स्यानिटरी प्याड उद्योगलेउत्पादित वस्तु विक्री गर्दा संकलन गरेको करबाट खरिदमा तिरेको कर घटाउँदा बाँकी बुझाउनु पर्ने देखिएको कर बराबर रकम आन्तरिक राजस्व विभागले तोकेको प्रक्रियाबमोजिम सम्बन्धित उद्योगलाई फिर्ता दिने।
    ख) WRAPPER आयातमा लाग्ने २८.५% भन्सार महसुललाई १% कायम गर्ने, ५% अन्तःशुल्क खारेज गर्ने ।
    ग) Tissue Paper मा लाग्ने ५% अन्तःशुल्क खारेज गर्ने
    घ) Air Laid Paper मा २०% प्रतिशतको सट्टा १% भन्सार महसुल लगाउने, ५% अन्तःशुल्क खारेज
    गर्ने ।
    ब) Easy Tape मा २०% को सट्टा १% प्रतिशत भन्सार महसुल लगाउने ।
    च) Sap Paper मा २०% को सट्टा १% प्रतिशत भन्सार महसुल लगाउने ।
    छ) तयारी वस्तु आयात गर्दा त्यसको प्याकेटमा अनिवार्य नेपाली रुपैयाँमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्ने प्रबन्ध मिलाउने।
    ज) आयातित वस्तुमा अनिवार्य आयातकर्ताको नाम उल्लेख गर्ने व्यवस्था मिलाउने।
    झ) भन्सार बिन्दुमा गुणस्तर परीक्षण गरेर मात्र स्यानिटरी प्याड र डाइपर आयात गर्न दिने।
    ञ) आयातित स्यानिटरी प्याडमा २०% भन्सार महसुल लगाउने ।
    ट) आयातित बेबी डाइपरको हकमा ३०% भन्सार महसुल कायम गर्ने ।

     


    अर्थ चाैतारी
  • मंगलबार, १६ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट