logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

    भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

    1.5K
    SHARES
    भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुई विधेयक संसदमा लैजाने निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।



     

    नेपाल प्रशासन सेवा सामूहीकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । त्यसैगरी, सरकारले प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको शर्माले बताइन् ।

     

    यस्तै, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरूलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् । नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट