logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउने

    हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउने

    871
    SHARES
    हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउने

    काठमाण्डौ । नेपालको दोश्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेको छ । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ३ करोड कित्ता बराबरको आईपीओ ल्याउन लागेको हो ।



     

    जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागिसकेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १०८ रुपैयाँ प्रिमियम थपेर कूल ३ करोड कित्ता सेयर ६ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

     

    यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २०८ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट