काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १८ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ः१५ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९÷८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ ।
अर्थ चाैतारी ।