काठमाण्डौ । नागरिक स्टक डिलरले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले चौंथो वार्षिक साधारणसभा पुस २० गते काठमाडौंमा अपरान्ह ३ बजे बोलाएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा नियुक्ति गरेका व्यक्तिको सभाले अनुमोदन गर्नेछ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्नेछ ।
अर्थ चाैतारी ।