logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • भगवति हाइड्रोले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने

    भगवति हाइड्रोले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने

    624
    SHARES
    भगवति हाइड्रोले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाण्डौ । सर्वसाधारण लगानीकर्तालाई आईपीओ जारी गरेको पहिलो वर्ष नै भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०.५२६३ प्रतिशत अर्थात् ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते काठमाण्डौमा बिहान १० बजे २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

     

    कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २५ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट