logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आजसम्म कायम सेयरधनीहरुले प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउने

    आजसम्म कायम सेयरधनीहरुले प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउने

    6.6K
    SHARES
    आजसम्म कायम सेयरधनीहरुले प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउने

    काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत २३ गते अन्तिम अवसर रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।



    यसको अर्थ आज चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीको २० औँ वार्षिक साधारणसभा आउँदो वैशाख ११ गते हुनेछ। सभा वीरगन्जको दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँबराबरको नगद लाभांश छन्। सभाले बोनस सेयर पारितपछि सोहीअनुसार अधिकृत, चुक्ता र जारी पुँजी कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।


    अर्थ चाैतारी
  • बुधबार, २३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट