logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • इसेवामार्फत कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

    इसेवामार्फत कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

    7.7K
    SHARES
    इसेवामार्फत कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

    काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ। अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो। जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठूलो सहजता हुने अपेक्षा गरिएको छ।



    यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ। नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या निकै बढिरहेको छ। इसेवामा हाल ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। इसेवा अकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलमार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्टमार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन्।

    इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ। इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।


    अर्थ चाैतारी
  • बुधबार, २३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट