logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • चार दिनदेखि विद्यार्थीले पाउन सकेनन् ‘एनओसी’, डाटा हराएको भन्दै सेवा अवरुद्ध

    चार दिनदेखि विद्यार्थीले पाउन सकेनन् ‘एनओसी’, डाटा हराएको भन्दै सेवा अवरुद्ध

    728
    SHARES
    चार दिनदेखि विद्यार्थीले पाउन सकेनन् ‘एनओसी’, डाटा हराएको भन्दै सेवा अवरुद्ध

    काठमाण्डौ । सानोठिमीस्थित शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन्। नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन चार दिनदेखि धाउनुपरेको भन्दै उनीहरूले आइतबार दिनभर नाराबाजी गरेका हुन्।



    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि ‘सर्भर डाउन’ भएर सेवा अवरुद्ध विद्यार्थी चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित विद्यार्थीले नाराबाजी गरेका हुन्।

    वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्नासाथ सेवा शुरु हुने भन्दै सूचना टाँस गरेपछि अझै सेवा शुरु भएको छैन।

    भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी नो अब्जेक्सन लेटर पाउन नसक्दा मारमा परेका छन्। विद्यार्थीले चार दिनसम्म पनि सर्बर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका छन्।

    डाटा भरिएर सर्भर डाउन भएको भन्दै कार्यालयका प्रमुख शान्तिराम पौडेलले कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराएको र ती सबै ‘डाटा रिकभर’ गर्न समय लागेको बताए।


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट