logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • द्विपक्षीय श्रम समझदारी, अब २० हजार नेपाली रोमानिया जान पाउने

    द्विपक्षीय श्रम समझदारी, अब २० हजार नेपाली रोमानिया जान पाउने

    1.2K
    SHARES
    द्विपक्षीय श्रम समझदारी, अब २० हजार नेपाली रोमानिया जान पाउने

    काठमाण्डौ । नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी अनुसार सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो ।



    गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो ।

    यूरोपेली मुलुकहरूमध्ये रोमानिया नेपालीहरूका लागि श्रम गन्तव्य मुलुकको रूपमा विकसित हुँदै आएको छ । रोमानियासँग श्रम समझदारी नहुँदा दलालमार्फत लाखौं रुपैयाँ तिरेर व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका थिए । उक्त श्रम समझदारीपछि मेनपावर कम्पनीहरूमार्फत संस्थागत रूपमा कम लागतमा रोमानिया जाने बाटो खुलेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, ५ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट