logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

    एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

    624
    SHARES
    एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

    काठमाण्डौ। टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।



    ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ ।

    सेयरमा आएको गिरावटपछि अर्नाल्टको कुल सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ । ब्लूमबर्गका अनुसार एलोन मस्कको कुल सम्पत्ति अहिले २३२ बिलियन डलर पुगेको छ।

    यस्तै, अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिमा ७० बिलियन भन्दा बढी थपेका छन्। यो वर्ष मेटाका संस्थापक तथा सीईओ मार्क जुकरबर्गका लागि पनि राम्रो रह्यो, उनले ८० अर्ब डलरभन्दा बढी कमाएका छन्।

    यस्तै, विश्वकै धनी महिला फ्रान्सकी फ्राँस्वाज बेताँकुर मायर्सको सम्पत्ति १०० अर्ब डलर पुगेको छ। मायर्स यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन्।

    मायर्स विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी लिओरियलको होल्डिङ कम्पनी तिथिसकी अध्यक्ष र लोरियल ग्रुपको उपाध्यक्ष हुन् ।


    अर्थ चाैतारी
  • शनिबार, १४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट