logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • एपोलो हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

    एपोलो हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

    1.5K
    SHARES
    एपोलो हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

    काठमाण्डौ । एपोलो हाईड्रोपावरले सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग मंगलबार सम्झौता गरेको हो ।



    सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत् आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका,सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरेर ६ मेवा क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउन २२ गते विद्युत खरिदबिक्री सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको बताएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट