काठमाण्डौ । अमेरिकी रोजगारदाताहरूले गत डिसेम्बर महिनामा २ लाख १६ हजार रोजगारी वृद्धि गरेका छन् । रोजगार वृद्धि सुस्त हुँदा बेरोजगारी दर ३ दशमलब ७ प्रतिशतमा पुगेको थियो ।
प्रतिवेदनले सरकारी स्वास्थ्य सेवा, सामाजिक सहायता र निर्माणमा रोजगारीको प्रवृत्ति बढ्दै गएको देखाएको छ भने यातायात र गोदाममा रोजगारी गुमेको छ । अक्टोबरको लागि कुल गैर–फार्म पेरोल रोजगारीमा जागिर वृद्धि ४५ हजारबाट १ लाख ५ हजारमा परिमार्जन गरिएको थियो । नोभेम्बरमा २६ हजारबाट १ लाख ७३ हजारमा परिमार्जन गरिएको थियो ।
श्रम शक्ति सहभागिता दर ६२ दशमलब ५ प्रतिशतमा, डिसेम्बरमा ० दशमलब ३ प्रतिशत बिन्दुले घटेको प्रतिवेदनले देखाएको छ । विगत १२ महिनामा, औसत घण्टाको आम्दानी ४ दशमलब १ प्रतिशतले बढेको छ । एजेन्सी
अर्थ चाैतारी ।