logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाण्डौ एक नम्बरमा

    विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाण्डौ एक नम्बरमा

    832
    SHARES
    विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाण्डौ एक नम्बरमा

    काठमाण्डौ । विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाण्डौ एक नम्बरमा परेको छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाण्डौलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ ।



     

    ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्गमा गन्तव्य घोषणा गरेको हो । जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृति गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् ।

     

    ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस –२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो ।

    त्यसैगरी ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये काठमाण्डौलाई २४औँ नम्बरमा पारेको छ । ट्रिप एडभाइजर संसारको ठूलो यात्रा सहजीकरण गर्ने ‘ट्राभल गाइडेन्स प्लेटफर्म’ हो । जसले यात्रा बुकिङ, गन्तव्य छनौट र योजना बनाउन सहयोग गर्दै आएको छ ।

     

    योसँगै नेपालको गन्तव्य प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुग्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “लाखौँ उपभोक्ताहरुको समीक्षा र प्रतिकृयाका आधारम ट्रिप एडभाइजरले हरेक वर्ष विश्वका विभिन्न गन्तव्यलाई वर्गीकरण गर्दै आएको छ ।

     

    यस पटक सात वटा वर्गमध्ये नेपालले उत्कृष्ट गन्तव्यका रुपमा काठमाण्डौलाई सूचिकृत गरेको छ, यसले कोभिड महामारीपछि लयमा फर्किरहेको नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्छ ।” निर्देशक लामिछानेले सरकारको एक वर्षे कार्यकालको सन्दर्भमा हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेको नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या अर्को वर्ष दोब्बर बनाउने योजनालाई सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

     

    बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, २८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट