logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • विद्युत् प्राधिकरण ६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने, प्रतिकित्ता दुई सय ५० रुपैयाँ

    विद्युत् प्राधिकरण ६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने, प्रतिकित्ता दुई सय ५० रुपैयाँ

    624
    SHARES
    विद्युत् प्राधिकरण ६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने, प्रतिकित्ता दुई सय ५० रुपैयाँ

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी गरेको छ ।



     

    प्राधिकरणको आईपीओ किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता दुई सय ५० रुपैयाँ खर्च गर्नुपर्नेछ । प्राधिकरणको अहिले अधिकृत पूँजी एक खर्ब २५ अर्ब रुपैयाँ रुपैयाँ बराबर छ । प्राधिकरण सञ्चालक समितिको गएको मङ्सिर २५ गते बसेको बैठकले अर्थ मन्त्रालयबाट अधिकृत पूँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ ।

     

    खुद सम्पत्ति अर्थात नेटवर्थको दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सर्वसाधारणलाई शेयर जारी गरी प्राप्त हुने रकम दीर्घकालीन लगानीका रुपमा जलाशययुक्त आयोजना निर्माण, प्रसारण तथा वितरण लाइनको विस्तार तथा सुदृढीकरण कार्यमा उपयोग गरिने प्राधिकरणले जनाएको छ ।

     

    प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । प्राधिकरणले गएको आर्थिक वर्ष २०७९८० मा १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट