काठमाण्डौ । मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ । गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको जनाईएको छ ।
केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
गैँडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिए । नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो ।
शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिए ।
अर्थ चाैतारी ।