logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ६ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत एम्बुलेन्सको दर्ता नवीकरण बाँकी

    ६ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत एम्बुलेन्सको दर्ता नवीकरण बाँकी

    2.2K
    SHARES
    ६ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत एम्बुलेन्सको दर्ता नवीकरण बाँकी

    काडमाण्डौ । ९० प्रतिशत एम्बुलेन्सको दर्ता नवीकरण नभएको सरकारले जनाएको छ । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण रोकिएको हो ।



    निर्देशकामा ‘क’ र ‘ख’ वर्गको मात्रै व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घका अनुसार नेपालमा सञ्चालनमा रहेका ६ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् ।

    राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरूप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।

    संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन महासङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् । आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत हाराहारी क वर्गका रहेका उनले जानकारी दिए ।

    ८ प्रतिशत ख वर्ग र २ प्रतिशत मात्र क वर्गका छन् । नविकरण नगरी सञ्चालन भइरहेका एम्बुलेन्सबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने । नयाँ निर्देशिका अनुसार सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सको स्तरोन्नति नगरी नवीकरण गर्न पाइने छैन ।

    सरकारले जारी गरेको निर्देशिकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने अवस्था रहेको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने संयुक्त एम्बुलेन्स चालक सङ्घले माग गरेको छ ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, २५ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट