logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • घातक रोग लागेका बीमितलाई नेशनल लाइफले दियो उपचार खर्च

    घातक रोग लागेका बीमितलाई नेशनल लाइफले दियो उपचार खर्च

    1.1K
    SHARES
    घातक रोग लागेका बीमितलाई नेशनल लाइफले दियो उपचार खर्च

    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग (क्यान्सर ) लागेको बिमितलाई घरमै गएर उपचार खर्चको चेक हस्तान्तरण गरेको छ । कम्पनीका अभिकर्ता सन्तोष लिम्बुले बीमित भोज बहादुर राइको घर मै गएर चेक हस्तान्तरण गरेका हुन् ।



     

    धनकुटा सांगुरीगढी –२ निवासी राईले कम्पनीमा २०७७ असार ३१ मा जीवन बिमा गरेका थिए । उनले अमृत अग्रिम भुक्तानी र आजिवन बिमायोजना ५ लाख बिमाङ्क, १५ बर्षे अबधिको गरेका थिए । बार्षिक बिमाशुल्क ५४ हजार १ सय ९० का दरले २ किस्ता र २९ हजार १ सय ९० का दरले २ किस्ता गरि जम्मा ४ किस्ता बिमाशुल्क भुक्तानी गरेका थिए ।

     

    बिमित राईलाई स्वास्थ्यमा समस्या देखियो जाँच गर्दा पित्तमा क्यान्सर प्रमाणित भएको हो । कम्पनीका अभिकर्ता लिम्बुले उनलाई उपचार खर्च बापत ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । उनको जीवन बिमा निरन्तर रहेको छ । १५ बर्ष पूरा भए पछि बिमाङ्क र बोनस एकमुस्ट बिमित आफैले पाउनेछन् ।

     

    परिपक्व दाबी भुक्तानी पछि बिमाशुल्क नबुझाई आजिवन बिमा रहन्छ । बिमितको मृत्युु पछि हकवालाले ५ लाख पाए पछि मात्रै बीमा सम्झौता सकिनेछ ।


    अर्थ चाैतारी
  • शनिबार, २६ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट