logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सहमति कार्यान्वयन नभएको भन्दै काठमाण्डौ उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

    सहमति कार्यान्वयन नभएको भन्दै काठमाण्डौ उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

    936
    SHARES
    सहमति कार्यान्वयन नभएको भन्दै काठमाण्डौ उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

    नुवाकोट । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाण्डौ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।



    ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो ।

    उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए ।

    आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिंदैनौं,’ उनले भने ।

    बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर व्यवस्थापन हुने गरेको छ । रासस

    फाइल तस्वीर ।


    अर्थ चाैतारी
  • शनिबार, २४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट