logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    5K
    SHARES
    राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मङ्गलबार हल्चोकस्थित कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।



    कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएकी थिइन् । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तव्य तथा प्रहरी नायब उपरीक्षक ध्रुव केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्र सिंह थापाले सञ्चालन गरेका थिए । गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट