logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सुनसरीको झुम्का पुगेर सेञ्चुरी बैंकका सीइओ न्यौपानेले १०८ वटा क्यूआर वितरण गरे

    सुनसरीको झुम्का पुगेर सेञ्चुरी बैंकका सीइओ न्यौपानेले १०८ वटा क्यूआर वितरण गरे

    5.7K
    SHARES
    सुनसरीको झुम्का पुगेर सेञ्चुरी बैंकका सीइओ न्यौपानेले १०८ वटा क्यूआर वितरण गरे

    सुनसरी । सेञ्चुरी कमर्सियल बैंकले सुनसरीको झुम्का शाखाबाट १०८ वटा क्यूआर वितरण गरेको छ । उक्त क्यूआर वितरण बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले ग्राहकहरुको पसलमा गएर वितरण गरे ।



    उक्त वितरण कार्यक्रममा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र अभिषेक बर्जचार्य, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, प्रदेश १ प्रमुख श्री दिपक पौडेल, शाखा प्रमुख पुकारजंग कार्की, बैंकका कर्मचारीहरु लगायत उल्लेखनिय मात्रामा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

    उपस्थित स्थानीयबासीहरुले सेञ्चुरी बैंकद्वारा डिजिटलाइजेशन कारोबारको प्रबर्धन गरेर झुम्का बजारलाई डिजिटल बजारको रुपमा परिवर्तन गर्न सहयोग गरेकोमा आफूहरु हर्सित भएको र आगामी दिनहरुमा सेञ्चुरी बैंकले वित्तीय साक्षरतामा पनि सहयोग गर्ने कुरामा विश्वस्त रहेको जानकारी गराएका थिए ।

    यसका साथै बंैकले झुम्का शाखाको शताब्दी खाताको कारोबार गर्ने ग्राहक हर्षित रेलाई उपचार खर्च वापतको रकम समेत उपलब्ध गराएको छ । बैंकले शताब्दी खातामा ८.०३ प्रतिशतको उच्चतम व्याजदरका साथै ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्रदान गर्ने गरेको छ ।

    २०७८ चैतमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

    देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४४ वटा छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट