logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिन खोजिएकोे होइन, अध्ययन मात्रै गर्ने भनिएको होः अर्थमन्त्री

    स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिन खोजिएकोे होइन, अध्ययन मात्रै गर्ने भनिएको होः अर्थमन्त्री

    2.2K
    SHARES
    स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिन खोजिएकोे होइन, अध्ययन मात्रै गर्ने भनिएको होः अर्थमन्त्री

    काठमाण्डौ । अर्थमन्त्री जनार्दशन शर्माले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिन नखोजिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा जवाफ दिँदै अर्थमन्त्री शर्माले अध्ययन मात्रै गर्न खोजिएको बताए । अर्थमन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्ययन गर्न मात्रै लागिएको स्पष्टिकरण दिए ।



    ‘स्वास्थ्य बीमाको बारेमा अध्ययन गर्ने विषय उठेकोले बीमा बोर्डमार्फत् नै अध्ययन गरौं भन्ने हो,’ उनले भने, ‘अहिले जे छ त्यहिबाट सञ्चालन हुन्छ । अध्ययन पनि बोर्डमार्फत नै गरिने छ । बीमा बोर्डमार्फत् नै अध्ययन गरौं न, अर्को पाटो पनि के हुन सक्छ । कसरी गर्दा राम्रो हुन्छ भनेर अध्ययन गर्न लागिएको हो ।’

    स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामूदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाईने बजेटमा उल्लेख छ । यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अध्ययनको बाटोतर्फ समेत जान नहुने सुझाव दिए । साथै माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले मन्त्रालयबाट पहिले पनि अध्ययन भइसकेकाले त्यसबाटोतर्फ नजान सुझाव दिए । त्यसैगरी एमाले नेता योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रम निजी कम्पनीलाई नै दिन लागिएको दाबी गर्दै संसदमा झुठ नबोल्ने समेत अर्थमन्त्रीलाई आग्रह गरे ।

    उक्त कार्यक्रम निजी बीमा कम्पनीलाई दिन लागिएको भन्दै सांसदहरूले चर्को विरोध गर्दै आएका छन् । बीमा कम्पनीलाई दिने भन्ने उक्त व्यवस्था पूनरावलोकन गर्नु पर्ने उनीहरूले माग राख्दै आएका थिए । बिहीबार प्रतिनिधिसभामा भएको छलफलमा सांसदहरूले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत नहुने भन्दै विरोध जनाएका थिए ।

    सांसद गगन थापा, खगराज अधिकारी, गिरिराजमणी पोखरेल लगायतका सांसदले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिन नहुने भन्दै आलोचना गरेका थिए । सरकारले अगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट