logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • आरती स्ट्रीप्सद्वारा बजेटको स्वागत

    आरती स्ट्रीप्सद्वारा बजेटको स्वागत

    2.5K
    SHARES
    आरती स्ट्रीप्सद्वारा बजेटको स्वागत

    काठमाण्डौ । संघीय संसदको संयक्त सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्र उत्साहित देखिएको छ। निजी क्षेत्रले बिगतको समयदेखि उठाउँदै आएको बिभिन्न मागहरु बजेटमा समेटिएको भनेदै स्ट्रीप्सले हर्षित भएको जनाएको छ।



    उत्पादन मुलक उद्योगको जग्गा हदबन्दी सम्बन्धमा, नेपाल सरकारको जग्गा ५० बर्षसम्मको लागि भाडामामा उपलब्ध गराउने सम्बन्धमा, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशत सम्म क्यास इन्सेन्टिभ दिने कुरा सरहानीय रहेको स्ट्रीप्सले जनाएको छ।

    आइरन,वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलाम जन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति हुने स्वगत योग्य रहेको उसले जनाएको छ। यसका साथसाथै देश फलामजन्य सामाग्रीमा आत्मनिर्भर रहेको समेत जनाइएको छ।

    यसले विदेशी तथा स्वदेशी लगानीमा स्थापित उधोगहरुले अब सहज रुपमा ब्यापार व्यवसाय गर्ने बाटो खुलेको र आयातित फलाम जन्य समाग्रीबाट स्वदेशी उत्पादनलाई कुनै पनि समस्या नरहेको कम्पनीले जनाएको छ। नेपाल स्टील, जस्तापाता, बिभिन्न बायर एवं फलामजन्य बस्तुमा आत्मनिर्भर रहेको र अब हरेक उद्योग स्वतस्फुर्त रुपमा संचालन हुनेमा दुई मत नरहेको स्ट्रीप्सले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट