logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • विन्ध्यावासिनी हाइड्रोपावरको आरटीएसमा सानिमा क्यापिटल नियुक्त

    विन्ध्यावासिनी हाइड्रोपावरको आरटीएसमा सानिमा क्यापिटल नियुक्त

    2.8K
    SHARES
    विन्ध्यावासिनी हाइड्रोपावरको आरटीएसमा सानिमा क्यापिटल नियुक्त

    काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ।



    आज एक कार्यक्रमबीच आरटीएस नियुक्तिसम्बन्धी सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै विन्ध्यावासिनी हाइड्रोपावरको सेयरसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ। विन्ध्यावासिनीले आज (जेठ २० गते) बाट सर्वसाधारणका लागि १५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नै रहेको छ।

    कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ प्रोजेक्ट निर्माण गरिरहेको छ। दुवै आयोजनाको निर्माण क्षेत्र रुदी खोला कास्की र लमजुङ सीमामा पर्छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट