logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सुनकाे मुल्य ६ सय रुपैयाँ घट्यो

    सुनकाे मुल्य ६ सय रुपैयाँ घट्यो

    2.6K
    SHARES
    सुनकाे मुल्य ६ सय रुपैयाँ घट्यो

    काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो ।



    आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । यसअघि, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो ।


    अर्थ चाैतारी
  • आइतबार, २२ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट