logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • कम्पनि मार्फत लघुबीमाको लाइसेन्स वितरण गर्दै सरकार, दर्जन बढी बिमा कम्पनीको आवेदन

    कम्पनि मार्फत लघुबीमाको लाइसेन्स वितरण गर्दै सरकार, दर्जन बढी बिमा कम्पनीको आवेदन

    3.2K
    SHARES
    कम्पनि मार्फत लघुबीमाको लाइसेन्स वितरण गर्दै सरकार, दर्जन बढी बिमा कम्पनीको आवेदन

    काठमाण्डाै । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पनि लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने तयारी थालेको छ । सरकारले बीमा व्यवसायलाई सामाजिक संरक्षणको एक महत्वपूर्ण आधार स्तम्भको रुपमा विकास गर्न गरिब विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघु बीमा कम्पनीको स्थापना गर्ने योजना अघि सारेको हो ।



    यसअघि पनि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले पनि २०७५ असार ३२ गते संसदमा बीमा विद्येयक प्रस्तुत गर्दै लघुबीमा व्यवसाय सञ्चालन गर्नका लागि मात्रै बीमा कम्पनी स्थापना गर्न सकिने व्यवस्था सार्वजनिक गरेको थियो । त्यसैको आधारमा त्यसपछिका अर्थमन्त्रीहरुको निर्देशन अनुसार बीमा समितिले लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने तयारी थालेको थियो ।

    समितिले लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्न भन्दै समितिका निर्देशक शुशीलदेव सुवेदीको संयोजकत्वमा अध्ययन समिति समेत गठन गरेको थियो । उक्त अध्ययन समितिले गत कार्तिक २ गते प्रतिवेदन समेत बुझाएको थियो । तर बीमा समिति र अर्थमन्त्रालयबीच सकारात्मक समन्वय नहुँदा लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने विषय सेलाएको थियो ।

    अर्थमन्त्री शर्माले पुनः लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने विषय आगामी बजेटमा समेटेपछि अहिले यसको चर्चा चलिरहेको छ । यस अघि लाइसेन्स खुलाउन नसकेको समितिले अब लघु बीमा कम्पनीको लाइसेन्स खुलाउने समेत संकेत गरेको छ । विगतमा बैठक समयमै बस्न नसक्दा त्यस समयमा लघु बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने निर्णय गर्न नसकिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल स्वीर्काछन् ।

    लाइसेन्स माग्दै एक दर्जन कम्पनी बीमा समितिमा
    सरकारले  आगामी आर्थिक वर्षको बजेटमा लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने घोषणा गरेपनि यो धेरै अघिको योजना हो । तत्कालीन केपी ओलि सरकारका अर्थमन्त्री युवराज खतिवडाले पनि २०७५ असार ३२ गते संसदमा बीमा विद्येयक प्रस्तुत गर्दै लघुबीमा व्यवसाय सञ्चालन गर्नका लागि मात्रै बीमा कम्पनी स्थापना गर्न सकिने याेजना सार्वजनिक गरेको थियो ।

    त्यसपछि लघु बीमा कम्पनीकाे लाइसेन्स  वितरण गर्ने विषयले चर्चा पाएकाे थियाे । खतिवडा पछि अर्थमन्त्री भएका विष्णु पौडेलले बीमा समितिलाई लघुबीमा कम्पनीकाे लाइसेन्स वितरण गर्न निकै दबाव दिएका थिए । त्यहिबेला ओली सरकार परिवर्तन भएपछि लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने योजना समेत सेलाएको हाे ।

    ओली सरकारका अर्थमन्त्री पौडेलको दबावमा बीमा समितिले लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने अन्तिम तयारी समेत गरेका थिए । तर सरकार परिवर्तन भएपछि लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने योजना सेलाएको थियो । त्यस पछि अर्थमन्त्री जनार्दन शर्माले तत्काल लाइसेन्स वितरण गर्न दबाव नदिएपछि बीमा समिति समेत पछि हटेका थिए ।

    अहिले अर्थमन्त्री शर्माले लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने यस अघिका सरकारकाे याेजनालाई निरन्तरता दिएका छन् ।  मन्त्री शर्माले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट मार्फत लघु बीमा कम्पनी सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्। सरकारले बजेट मार्फत भने बल्ल लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने घाेषणा गरेपनि अहिले बीमा समितिमा एक दर्जन भन्दा बढी कम्पनीले लाइसेन्स माग्दै आवेदन दिएका छन् ।

    बीमा समितिले नयाँ बीमा कम्पनीका लागि लाइसेन्सको खुलाएको छैन् । तरपनि लघु बीमा कम्पनीहरुले लाइसेन्स माग्दे आवेदन दिनेकाे संख्या भने बढ्दै छ ।समितिका स्रोतमा अनुसार हालसम्म मुक्तिनाथ लघु बीमा, उपकार लघु बीमा, माछापुच्छे« लघु बीमा, बेस्ट लघु बीमा, नेश्डो लघु बीमा, उन्नती लघु बीमा, हब लघु बीमा, पायनियर लघु बीमा, अन्नपूर्ण लघु बीमा, साईन रेशुङगां लघु बीमा, लुम्बिनी लघु बीमा र जेन्नियून लघु बीमा लगायतले लाइसेन्स माग्दै आवेदन दिएका छन् ।

    लघु बीमा कम्पनी आवश्यक छैन
    सरकारले लघु बीमा कम्पनीको सञ्चालन गर्ने तयारी गरेको छ । अध्ययन समितिले पनि लघु बीमा कम्पनीलाई लाइसेन्स दिनु पर्ने आवश्यकता रहेको आशय सहितको प्रतिवेदन समितिमा पेश गरेको थियो । प्रतिवेदनमा लाईसेन्स वितरण नगर्ने भए हाल सञ्चालमा रहेका बीमा कम्पनीहरुलाई तोकेर जिम्मेवारी दिनुपर्ने विकल्प समेत पेश गरेको थियो ।

    समितिले अर्थमन्त्रालयको निर्देशन अनुसार लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने गरी तयारी थालेको छ । तर एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले लघु बीमा कम्पनी नै आवश्यक नरहेको बताउँछन् । ‘तत्काल लघु बीमा कम्पनीहरुको आवश्यकता नै छैनन् । अहिले पनि नीवन तथा निर्जीवन बीमा कम्पनीहरुले लघु बीमालेख बिक्री गरिरहेका छन्,’ उनले भने, ‘बरु अध्ययन समितिले दिएको विकल्पमा जाँदा उपयुक्त हुने देखिन्छ ।’

    अहिले पनि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमालेख बिक्री गर्दै आएका छन् । लघु जीवन बीमा अन्तरगत सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र समितिले तोकिए बमोजिमको अन्य लघु जीवन बीमाहरु रहेका छन् । यस्तै निर्जीवन बीमा अन्तर्गत सम्पत्ति लघु बीमा, घर लघु बीमा, दुर्घटना लघु बीमा, स्वास्थ्य लघु बीमा, घातक रोग लघु बीमा, कृषि लघु बीमा र समितिले तोकिए बमोजिमको अन्य लघु निर्जीवन बीमालेखहरु बिक्री गर्दै आइरहेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २२ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट