logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • प्लस टुको परीक्षा दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५०% छुट

    प्लस टुको परीक्षा दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५०% छुट

    1.8K
    SHARES
    प्लस टुको परीक्षा दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५०% छुट

    काठमाण्डौ। भर्खरै प्लस टु दिई बसेका छात्रछात्रालाई अन्नपूर्ण केबलकारले केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ।



    यो छुट लिनका लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको प्रवेशपत्र अनिवार्य देखाउनुपर्नेछ। यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ। आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहनती हातहरुलाई अझ मेहनती बन्नका लागि ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ यो छुट योजना ल्याइएको कम्पनीले जनाएको छ।

    पोखराको सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको यो केबलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सराङकोट पुग्न सकिनेछ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट