काठमाण्डौ । लगानी बोर्डको कार्यालयको आज बसेको बैठकले कोरियन कम्पनी मोट्रेक्सलाई विद्युतीय गाडी उत्पादन गर्न दिने निर्णय गरेको छ।
बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लगानी सम्मेलनबाट सबै गाडी उत्पादन गर्ने भन्दै प्रस्ताव गरेको कम्पनीलाई विद्युतीय गाडी उत्पादन गर्न अनुमति दिएको हो।
‘प्रधानमन्त्रीले डिजेल पेट्रोलका गाडी होइन। विद्युतीय गाडी मात्रै उत्पादन गर्न दिइनुपर्छ भन्ने प्रस्ताव बोर्ड बैठकबाट पास भएको छ’, बोर्ड बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
अर्थ चाैतारी ।