logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • हिमालयन डिस्टिलरीद्वारा समता शैक्षिक गुठीलाई रु. २५ लाख सहयोग

    हिमालयन डिस्टिलरीद्वारा समता शैक्षिक गुठीलाई रु. २५ लाख सहयोग

    3.2K
    SHARES
    हिमालयन डिस्टिलरीद्वारा समता शैक्षिक गुठीलाई रु. २५ लाख सहयोग

    काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। यसै क्रममा हिमालयन डिस्टिलरीले आ.व.२०७७/७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट समता शैक्षिक गुठीलाई रु. २५ लाखको सहयोग प्रदान गरेको छ।



    समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालय सञ्चालित छन्। जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालित छन्। करिब ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दाबी गुठीको छ। यो गुठीले प्रतिविद्यार्थी प्रतिमहिना रु. १०० मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्नवर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका सन्तान, टुहुरा तथा सडक बालबालिकालाई अध्यापन गराइरहेको जानकारी गराएको छ।

    समता शैक्षिक गुठीलाई एक कार्यक्रम बीच हिमालयन डिस्टिलरीको सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई रु. २५ लाखको चेक कम्पनीको सम्पर्क कार्यालय जावलाखेलमा हस्तान्तरण गरेका छन्। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको पनि उपस्थिति थियो।


    अर्थ चाैतारी
  • मंगलबार, २४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट