logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

    नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

    3.1K
    SHARES
    नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

    काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको टाँडीस्थित होटेल पौवा (होटेल स्टार चितवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ।



    सभाले हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा थप १ः१ अनुपातमा हकप्रद सेयरी जारी गरी चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ कायम गरी चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

    सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पारित गर्नेछ। सभा प्रयोजनका लागि बैंकले जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २७ गतेसम्म (जेठ २८ गते शनिबार र जेठ २९ गते आइतबार) कायम सेयरधनीहरुमात्रै यो बैंकको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।


    अर्थ चाैतारी
  • मंगलबार, २४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट