logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एनसीसी बैंकको पौने ९ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    एनसीसी बैंकको पौने ९ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    5.1K
    SHARES
    एनसीसी बैंकको पौने ९ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाण्डौ । एनसीसी बैंकले पौने ९ लाख बढी कित्ता सेयर आज जेठ २४ गतेबाट बिक्रीमा राखेको छ।



    बैंकले संस्थापक समूहको ८ लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ता न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा भने कुनै हक लाग्ने छैन।

    इच्छुक लगानीकर्ताले शिलबन्दी बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो असार ७ गते दिउँसो ३ बजेसम्म बुझाइसक्नुपर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट