logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले ‘निटा भी’ मार्फत विद्युतीय सवारीमा ‘डेब्यू’

    चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले ‘निटा भी’ मार्फत विद्युतीय सवारीमा ‘डेब्यू’

    5.1K
    SHARES
    चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले ‘निटा भी’  मार्फत विद्युतीय सवारीमा ‘डेब्यू’

    काठमाण्डौ । निटा ब्रान्डको नेपालमा भित्राउँदै चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले पहिलो पटक विद्युतीय गाडीमा ‘डेब्यू’ गरेको छ । सीजी मोटर्सले पहिलो मोडलको रुपमा निटा भी सार्वजनिक गरेको हो।



    लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको चौधरी ग्रुपअन्तर्गतकोले अब औपभारीक रुपमा वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश जनाएको छ। सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोमोबाइलको निटा ब्रान्ड नेपाली बजार नेपालमा ल्याएको जनाएको छ।

    सीजी मोटर्सका प्रबन्धनिर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफूहरुले विद्यतीय सवारीलाई प्रवर्द्धन गरेको बताए। सीजी मोटर्सले नेपालमा गाडीको उपलब्धता कम हुँदा पहिलो पटक मारुती सुजुकी ब्रान्ड भित्र्याएको स्मरण गर्दै निर्देशक चौधरीले अब निटाले नेपालमा विद्युतीय गाडी प्रवर्द्धनमा क्रान्ति गर्ने अपेक्षा राखेको बताए । चिनियाँ ब्रान्ड निटा चाइना, थाइल्यान्डपछि तेस्रो मुलुकका रुपमा पहिलो पटकनेपालमा सर्वजनिक भएको चौधरीले जानकारी दिए।

    सरकारले नेपालको व्यापारघाटाको मुख्य कारक रहेको सवारीसाधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ। प्रबन्धनिर्देशक चौधरीले भने, ‘सरकारको यही योजनालाई सघाउन हामीले व्यावसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हो।’ सीजी मोटर्सले सीजी रिभोलुसनको नारासहित विद्युतीय गाडी बजारमा ल्याएको छ। कम्पनीले धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराएको उल्लेख गरेको छ। निटा भी सार्वजनिक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीलाई सरकारले प्रवद्र्धन गर्नै पर्ने बताएका छन्।

    उनले नेपालले अहिले ३०० मेगावाटसम्म विद्युत् भारतमा निर्यात गर्नुपरेकाले विद्युतको खपत नेपालमा बढाउन विद्युतीय गाडीको प्रयोग बढ्नुपर्ने बताए। ‘रातको समयमा नेपालको विद्युत खेरा जाने अवस्था छ’, घिसिङले भने, ‘विद्युतीय गाडीको प्रयोग बढाई विद्युत खपत यहि गर्नुपर्छ।’ उनले अहिले वार्षिक १५ हजार बढी गाडी विक्री हुँदा १५ सयमात्रै विद्युतीय रहेको बताउँदै यसलाई बढाउनु पर्ने बताएका छन्। उनले विद्युतीय गाडी आयातकर्ताले प्यासेन्जर भेहिकल मात्रै नभई हेभी साधनमा भित्र्याउन ध्यान दिनुपर्ने बताए।

    निटाका यस्ता छन् विशेषताहरु
    निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिनेछ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ।

    निटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ। निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ। गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली छ। फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट÷९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। घरको एसी चार्जरबाट फुल चार्ज हुन्छ ८ घण्टा र डीसी फास्ट चार्जरबाट २० मिनेटमै ८० प्रतिशत चार्ज हुनसक्छ। गाडीको लम्बाइ ४०७०, चौडाइ १६९० र उचाइ १५४० एमएम छ। ह्विलबेस २४२० रहदाँ गाडीको तौल ११५१ केजी रहेको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ।

    सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ
    नेपाली बजारमा निटा भी विभिन्न ५ कलरमा उपलब्ध छ भने यसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाट चार्जर र एक वर्षको बीमाको बीमा निःशुल्क उपलब्ध गराउने भएको छ।

    सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीनतम सोचसहितका सबारी ल्याइएको बताए। ‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभई सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ’, सीईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरी काम गर्दैछौँ।’

    सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वकसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेका अग्रवालले बताए। ‘हामी उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन तयार छौँ’, उनले भने, ‘उत्कृष्ट शोरुम तथा वर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीव्रताका साथ अघि बढाइरहेका छौँ।’ त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअपसमेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको छ।

    होजोन अटोमोबाइलको ब्रान्ड निटा
    विद्यतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरु चीनमै छन्। तिनै शक्तिशालीमध्येको एक होजोन अटोमोबाइल हो। होजोन अटोले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो। सीएटीएल विश्वको सवैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो। निटामा सीएटीएलले नै उत्पादन गरेको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ।

    होजोनले २०२० मा निटा भी सार्वजनिक गरेको थियो र २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो। सीजी मोटर्स निटा एस र निटा यू नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजनामा छ। होजोन अटोमोबाइलले २०२१ मा विभिन्न कम्पनीहरुसँग रणनीतिक साझेदारीका लागि सम्झौता गरेको छ। कम्पनीले सेन्स टाइम, होराइजन, रोबोटिक्स, हुवावे, सीएटीएल, थाइल्यान्ड पीटीटीसँग रणनीतिक साझेदारी गरेको हो।

     


    अर्थ चाैतारी
  • बुधबार, २५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट