logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

    नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

    3.3K
    SHARES
    नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

    काठमाण्डौ । नबिल बैंकले काठमाण्डौ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ।



    काठमाण्डौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन्। नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाण्डौ महानगरको आह्वानअनुरुप नबिल बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो।

    महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ। बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत स्वयंले गर्नेछ। यसका साथै शौचालयको नियमित मर्मतसम्भार र सरसफाइ, पानीको प्रबन्ध र निकासको व्यवस्था दुरुस्त राख्नेछ। बैंकका अनुसार यो सम्झौता पाँचवर्षे अवधिका लागि गरिएको हो।

    नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाण्डौलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यबद्घता जनाएको बताए । ‘नबिलको सँगै अघि बढौँ भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैँ सँगै अघि बढि रहन्छौँ’, उनले भने, ‘नबिल बैंकले दिगो बैंकिङको अवधारणाअनुरुप काठमाण्डौको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौँ।’

    महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार–चार महिनामा गर्नेछ। यस सम्झौताले आममहानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए। सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट