logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • अन्नपूर्ण केबलकारमा कुमारी बैंकका ग्राहकलाई छुट

    अन्नपूर्ण केबलकारमा कुमारी बैंकका ग्राहकलाई छुट

    2.5K
    SHARES
    अन्नपूर्ण केबलकारमा कुमारी बैंकका ग्राहकलाई छुट

    काठमाण्डौ । कुमारी बैंक लिमिटेड र पोखरा स्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।



    यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो संस्थाबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पीओएसबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौतापत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छिन्।

    कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट