logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नयाँ मुद्दती योजनामा महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक

    नयाँ मुद्दती योजनामा महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक

    2.3K
    SHARES
    नयाँ मुद्दती योजनामा महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।



    मात्र एक हजारमै मुद्दती खाता खोल्न सकिने यस बचत खातामा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।

    यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट