logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एलआइसी नेपालको लालबन्दी शाखाद्धारा बीमा दाबी भुक्तानी

    एलआइसी नेपालको लालबन्दी शाखाद्धारा बीमा दाबी भुक्तानी

    2.7K
    SHARES
    एलआइसी नेपालको लालबन्दी शाखाद्धारा बीमा दाबी भुक्तानी

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सर्लाही लालबन्दी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत २ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।



    कम्पनीले बागमती नगरपालिका ८,सर्लाही निवासी मृतक कपिल कामीको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । मृतकले ५४ वर्ष हुँदा बीमा गरेका थिए।पहिलो अर्धवार्षिक किस्ता वापत रु.९ हजार ८२५ रुपैयाँ मात्र भुक्तान गरेर बीमा गरेको २ महिना पछि उनको हृदयघात भई मृत्यु भएको थियो ।

    बीमा दाबी वापतको रकम एनआइसी नेपालका जनकपुर प्रदेश प्रमुख सुजित ठाकुर, लालबन्दी शाखाका प्रबन्धक विश्वास दीप श्रेष्ठ, बरहथवा शाखाका प्रबन्धक प्रकाश कार्की अभिकर्ता।एजेन्सी म्यानेजर परमेश्वर महतोको उपस्थितीमा मृतकको श्रीमति सावित्री देवी विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट