logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता, देशकै सबैभन्दा ठूलो वित्तीय संस्था बन्ने

    इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता, देशकै सबैभन्दा ठूलो वित्तीय संस्था बन्ने

    2.8K
    SHARES
    इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता, देशकै सबैभन्दा ठूलो वित्तीय संस्था बन्ने

    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता भएको छ। होटेल अलफ्टमा आज अपराह्न भएको एक कार्यक्रमबीच दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा इन्भेस्टमेन्ट र मेगा बैंबीच मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) भएको हो। एमओयू कार्यक्रममा मेगा बैंकका अधयक्ष भोजबहादुर शाह सहभागी भएका थिए भने इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे भने जुममार्फत सहभागी भएका थिए।



    मेगा बैंकका अध्यक्ष शाहका अनुसार प्रारम्भिक समझदारीअनुसार इन्भेस्टमेन्ट र मेगा बैंकबीच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको छ। उनका अनुसार मर्जरपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ राख्ने सहमति बनेको छ। मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे रहनेछन्।

    प्रस्तावित स्वापअनुसार इन्भेस्मेन्ट र मेगा मर्ज भएमा पुँजीको हिसाबले मर्जरपछि बन्ने बैंक देशकै सबैभन्दा ठूलो वित्तीय संस्थाका रुपमा स्थापित हुनेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। मेगा बैंकको चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट