काठमाण्डौ। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो। इन्धनको मूल्य थपघटका आधारमा एकैपटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको भन्दै विभागले २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म भाडा बढाएको छ।
वभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको हो। यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो। नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्यमा एकैपटक १२ रुपैयाँ बढाएको छ।
अर्थ चाैतारी ।