logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • विद्युतीय सार्वजनिक सवारी विक्रीमा सीजीको प्रवेश, विद्युतीय कार पछि माइक्रोबस भित्र्याउँदै

    विद्युतीय सार्वजनिक सवारी विक्रीमा सीजीको प्रवेश, विद्युतीय कार पछि माइक्रोबस भित्र्याउँदै

    4.6K
    SHARES
    विद्युतीय सार्वजनिक सवारी विक्रीमा सीजीको प्रवेश, विद्युतीय कार पछि माइक्रोबस भित्र्याउँदै

    काठमाण्डौ । हालै मात्रै चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोमोबाइलको निटा ब्रण्डको विद्युतीय कार नेपाल भित्र्याएको चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले विद्युती माइक्रोबस नेपाल भित्र्याउन लागेको जनाएको छ । ११ सिट क्षमता भएको उक्त माइकोबसको मुल्य करीब ४२ लाख रहने अनुमान गरीएको छ ।



    नेपालको बजारमा एकाधिकार जमाएका अन्य कम्पनी भन्दा निकै सस्तो विद्युतीय कार विक्री गरेको भन्दै आलोचना खेपिरहेको सीजीले थप निटा ब्राण्डकै माइक्रोबस भित्र्याउन लागेको बताएको छ । नेपालमा परिक्षणसमेत सफल भइसकेको माइकोबस अबको केहि दिनमा नै सार्वजनिक गरीने जनाएको छ । सो माइक्रोस एक पटकको चार्जमा ३०० किमी चलाउन सकिने छ । निटाका सबै गाडी घरको सामान्य पल्कबाट समेत चार्ज गर्न सकिन्छन् ।

    ‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभई सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ’, सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरी काम गर्दैछौँ।’ सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वकसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेका अग्रवालले बताए। ‘हामी उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन तयार छौँ’, उनले भने, ‘उत्कृष्ट शोरुम तथा वर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीव्रताका साथ अघि बढाइरहेका छौँ।’

    त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअपसमेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । सीजीको विद्युतिय सवारी वर्कसप समेत अबको केहि दिनमा ललितपुरको खुमलटारमा संचालनमा आउने छ । सीजी मोटसले करिब डेढ बर्षको लामो खेज र अनुसन्धान पछि नेपाली माटो सुहाउँदो निटा ब्रण्डको गाडी नेपाल ल्याउने निर्णयमा पुगेको जनाएको छ । हालै मात्र सार्वजनिक भएको निट भि दुई बर्ष अगाडि चिनमा विक्री गर्न थालिएको थियो ।

    सीजी मोटर्सले गाडीमा ८० प्रतिशतसम्म फाइनान्स गर्न सुविधा सहित २० प्रतिशतको डाउनपेमेन्टमा (सात लाख साठि हजारमा) गाडी बुकिङ्ग गरेर लैजान सकिने जनाएको छ । सीजीले दिएको जानकारी अनुसार हाल सम्ममा ३० बटा गाडी बुकिङ्ग भएको र आगामी असाढ भित्रै ग्राहको लातमा पु¥याउने बताएको छ । कम्पनीले हाल मुल्य कम गर्नुको कारण भने चौधरी ग्रुप व्यवसाय साथै गुणस्तरीय सेवाका क्षेत्रमा रहेको भन्दै कम्पनीको लागत अनुरुप नै सवारी साधनको मुल्य निर्धारण गरीएको बताएको छ ।

    निटा भीका यस्ता छन् विशेषताहरु
    निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिनेछ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। निटाको बडि अमेरीकी कार उत्पादको कम्पनी टेस्लाको म्योफ्याचरीङ प्लाण्टमा उत्पादन भएको ।

    निटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ। निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ। गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली छ। फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट÷९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। घरको एसी चार्जरबाट फुल चार्ज हुन्छ ८ घण्टा र डीसी फास्ट चार्जरबाट २० मिनेटमै ८० प्रतिशत चार्ज हुनसक्छ। गाडीको लम्बाइ ४०७०, चौडाइ १६९० र उचाइ १५४० एमएम छ। ह्विलबेस २४२० रहदाँ गाडीको तौल ११५१ केजी रहेको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ।

    सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ
    नेपाली बजारमा निटा भी विभिन्न ५ कलरमा उपलब्ध छ भने यसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको फास्ट चार्जर र एक वर्षको बीमाको बीमा निःशुल्क उपलब्ध गराउने भएको छ।

    सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीनतम सोचसहितका सवारी ल्याइएको बताए। ‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभई सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ’, सीईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरी काम गर्दैछौँ।’

    सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वकसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेका अग्रवालले बताए। ‘हामी उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन तयार छौँ’, उनले भने, ‘उत्कृष्ट शोरुम तथा वर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीव्रताका साथ अघि बढाइरहेका छौँ।’ त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअपसमेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको छ।

    होजोन अटोमोबाइलको ब्रान्ड निटा
    विद्यतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरु चीनमै छन्। तिनै शक्तिशालीमध्येको एक होजोन अटोमोबाइल हो। होजोन अटोले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो। होजोन अटोमोबाइलले एलन मस्कको विद्युतिय सवारी उत्पादक कम्पनी टेस्लाको सहकार्यमा निटार र टेस्लाको च्यासिस उत्पादन गर्दै आएको छ । सीएटीएल विश्वको सवैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो। निटामा सीएटीएलले नै उत्पादन गरेको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ।

    होजोनले २०२० मा निटा भी सार्वजनिक गरेको थियो र २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो। सीजी मोटर्स निटा एस र निटा यू नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजनामा छ। होजोन अटोमोबाइलले २०२१ मा विभिन्न कम्पनीहरुसँग रणनीतिक साझेदारीका लागि सम्झौता गरेको छ। कम्पनीले सेन्स टाइम, होराइजन, रोबोटिक्स, हुवावे, सीएटीएल, थाइल्यान्ड पीटीटीसँग रणनीतिक साझेदारी गरेको हो।


    अर्थ चाैतारी
  • शनिबार, २८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट