logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • छठ पर्वका-आज दोस्रो दिन खरना

    छठ पर्वका-आज दोस्रो दिन खरना

    • GP Paudel
    • विहिबार, ४ मंसिर २०७७
    2.7K
    SHARES
    छठ पर्वका-आज दोस्रो दिन खरना

    नेपाल ज्योति-मिथिलाञ्चलमा धुमधामका साथ मनाइने  लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ।



    छठ पर्व गरेका व्रतालुहरूले आज बेलुका इष्टदेवलाई पूजा अराधना गरि खरना विधि सम्पन्न गर्ने छन्। खरना विधिमा माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ।

    खरनामा नैवेद्य चढाउने बेलामा जतिवटा अघ्र्यदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा प्रचलन छ।

    यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन्। नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ। नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ।

    छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा पर्व समापन हुनेछ।


    GP Paudel
  • विहिबार, ४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट