logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ३०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

    ३०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

    2.6K
    SHARES
    ३०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

    काठमाण्डौ । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।



    सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९०० रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ छ। यसअघि, साप्ताहिक कारोबारको पहिलो दिन (आइतबार) भने सुनको मूल्य तोला १ हजार ५०० रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो।

    सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य सोमबार १५ रुपैयाँले नै घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट