logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई रुमशुल्कमा ३० प्रतिशत छुट

    ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई रुमशुल्कमा ३० प्रतिशत छुट

    2.2K
    SHARES
    ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई रुमशुल्कमा ३० प्रतिशत छुट

    काठमाण्डौ । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच व्यावसायिक सम्झौता भएको छ।



    कुमारी बैंक लिमिटेडका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका हुन्।

    डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ।

    बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट