logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ज्योति विकास बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा छुट

    ज्योति विकास बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा छुट

    2.5K
    SHARES
    ज्योति विकास बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा छुट

    काठमाण्डौ । ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार संग केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ ।



    सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख बिशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन्। बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउने छन्।

    यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० % छुट प्राप्त गर्न सक्नेछन्। बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ। ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट