logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • मुक्तिनाथ विकास बैंकको ब्रान्ड इन्फ्लुएन्सरमा पर्वतारोही लाक्पा देन्डी शेर्पा

    मुक्तिनाथ विकास बैंकको ब्रान्ड इन्फ्लुएन्सरमा पर्वतारोही लाक्पा देन्डी शेर्पा

    2.4K
    SHARES
    मुक्तिनाथ विकास बैंकको ब्रान्ड इन्फ्लुएन्सरमा पर्वतारोही लाक्पा देन्डी शेर्पा

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र पर्वतारोही लाक्पा देन्डी शेर्पाबीच बैंकको सेवासुविधाको प्रचार एवं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।



    शेर्पा एक सफल पर्वतारोही हुन्। जसले तीनपटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घन्टा ३० मिनेट तय गरेका हुन्। जस कारण उनी गिनिज रेकोेर्ड होल्डर पनि हुन्।

    एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख–बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्शी र लाक्पा देन्डी शेर्पाले सम्झौतापत्र हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात लाक्पा देन्डी शेर्पाले बैंकको सेवासुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्रान्ड इन्फ्लुएन्सरका रुपमा कार्यहरु निर्वाह गर्नेछन्। उनी आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन्।

    यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार