logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • ग्रीन डेभलमपमेन्ट बैंकको कामु सीईओमा हरिबहादुर बुढाथोकी नियुक्त

    ग्रीन डेभलमपमेन्ट बैंकको कामु सीईओमा हरिबहादुर बुढाथोकी नियुक्त

    2.3K
    SHARES
    ग्रीन डेभलमपमेन्ट बैंकको कामु सीईओमा हरिबहादुर बुढाथोकी नियुक्त

    काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन्।



    बैंकका कर्जा तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख बुढाथोकीलाई बैंकको सञ्चालक समितिको जेठ ३१ गते बसेको १७६ औँ बैठकले आज असार १ गतेदेखि लागू हुने गरी बैंकको कामु सीईओ पदमा नियुक्त गरेको हो। बुढाथोकीसँग विगत १६ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ।

    चार वर्षअगाडि बैंकको सीईओमा भएका उमेशकुमार आचार्यको यही जेठ ३१ गते कार्यकाल समाप्त भएकोले बुढाथोकीलाई कामु सीईओमा नियुक्त गरिएको हो। २० वर्षको बैंकिङ अनुभवमा १५ वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृत रहेका आचार्यलाई बैंकको उन्नति र प्रगतिमा पुर्याएको योगदानको कदर गर्दै धन्यवाद दिने र उनको उज्ज्वल भविष्यको कामना गर्ने निर्णयसमेत बैंक सञ्चालक समितिले गरेको बैंकका सूचना अधिकारी सुशील पौडेलले बताए।

    आचार्यको सम्मानमा बैंकले विदाइ कार्यक्रम आयोजना गरेको पौडेलले बताए। उनको चारवर्षे कार्यकालमा बैंकले आफ्नो व्यवसायमा उल्लेख्य वृद्धि, डिजिटल बैंकिङका गर्नुका साथै कार्यक्षेत्र विस्तार गरेका साथै शाखा सञ्जालमा व्यापक विस्तार गरेको थियो।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार