logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

    गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

    2.2K
    SHARES
    गरिमा विकास बैंकको महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न

    काठमाण्डौ । ‘वित्तीय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिसलगायतका स्थानमा बैंक तथा वित्तीय संस्थासम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ।



    जेठ महिनाभरि चलेको वित्तीय जागरण कार्यक्रमअन्तर्गत गरिमा विकास बैंकको सबै १२० शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको थियो। जसअन्तर्गत, यस कार्यक्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाइदा, वित्तीय सल्लाहसुझाव एवं डिजिटल बैंकिङका फाइदाहरुका बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो।

    हरेक कार्यक्रममा बैंक तथा वित्तीय संस्थासम्बन्धी जान्न चाहनेहरुको सहभागिता उल्लेखनीय रहेको थियो। भव्य एवं सभ्य तरिकाले सम्पन्न महिनाव्यापी वित्तीय जागरण कार्यक्रमले हरेक जनतामाझ वित्तीय जागरुपता फैलाउन मद्दत पुग्ने आशा राखिएको छ। हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार