logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिफाइङ अफर, इलेक्ट्रिक स्कुटर जित्ने मौका

    कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिफाइङ अफर, इलेक्ट्रिक स्कुटर जित्ने मौका

    3.4K
    SHARES
    कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिफाइङ अफर, इलेक्ट्रिक स्कुटर जित्ने मौका

    काठमाण्डौ । असार १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाइङ अफर ल्याएको छ।



    यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी आफ्नो रजिस्टर गरिएको मोबाइल नम्बर तथा ई–मेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु. ५० को रिचार्ज पाउन सक्नेछन्। त्यसैगरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कुटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिनेछ।

    बैंकका ग्राहरुले कनेक्ट आईपीएसमा www.connectips.com वा मोबाइल एप (http://onelink.to/connectips) मार्फत रजिस्टर गर्न सक्दछन्। यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिस्ट्रेसन गर्ने बैंक तथा वित्तीय संस्थाका ग्राहकका लागिमात्र लागू हुनेछ।

    सोझै बैंक खाताबाट फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई उपलब्ध रहेको कनेक्ट आईपीएस एकभन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्ल्याट्फर्म हो। यसले दैनिक औसत १०.८ अर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार फर्छ्यौट गर्ने गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार