logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • नवील–एनबी बैंक मर्जरलाई अर्को सातासम्म फाइनल अप्रूभल

    नवील–एनबी बैंक मर्जरलाई अर्को सातासम्म फाइनल अप्रूभल

    2.7K
    SHARES
    नवील–एनबी बैंक मर्जरलाई अर्को सातासम्म फाइनल अप्रूभल

    काठमाण्डौ । नवील बैंक र नेपाल बंगलादेश(एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्रबैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ ।



    राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव एकदुई दिनमै सञ्चालक समितिमा लगिने जानकारी दिए । केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नवीलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल केहीको दिन ढिलाईपछि अगाडि बढेको छ ।

    नवील बैंकले समेत राष्ट्रबैंकमा फाइनल अप्रूभलका लागि ताकेता गरिरहेको ती अधिकारीले जानकारी दिए । ‘अर्को सातासम्म फाइनल अप्रूभल आउनसक्ने देखिन्छ ।’ नवील बैंकले समयमै फाइनल अप्रूभल आएमा असार तेश्रो साताभित्रै बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार थाल्ने तयारी गरिरहेको छ । नवीलको यो तयारीमा बाधा नपुग्ने गरी राष्ट्रबैंकले स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार